वि.सं.२०८३ जेठ २३ शनिवार

राष्ट्रिय दलित पत्रकार सङ्घको अध्यक्षमा बराइली, वरिष्ठ उपाध्यक्षमा दर्नाल

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालको अध्यक्षमा गोपाल बराइली निर्वाचित हुनु भएको छ ।

उनी रेडियो धनकुटाको अध्यक्ष हुन्।

सम्पन्न सङ्घको दोस्रो महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोरखापत्रकर्मी लक्ष्मण दर्नाललाई निर्वाचित गरेको हो ।

त्यसैगरी खुल्ला उपाध्यक्षमा विनोद परियार (रेडियो जागरण), महिला उपाध्यक्षमा सावित्रि रसाइली (नेपाल टेलिभिजन), कोशी प्रदेश उपाध्यक्षमा सरिता बराइली (रेडियो नेपाल), मधेश प्रदेशबाट भोला पासवान (अवलोकृत डटकम) र वाग्मती प्रदेशबाट सुशील दर्नाल (राष्ट्रिय समाचार समिति) निर्वाचित हुनु भएको छ ।

त्यसैगरी पत्रकार नरभूपाल विक (गण्डकी प्रदेश), मानसिंह विक (लुम्विनी प्रदेश), टेकेन्द्र रसाइली (कर्णाली प्रदेश) र प्रेम विक (सुदूरपश्चिम प्रदेश) र समावेश उपाध्यक्षमा भिमबहादुर गन्धर्व निर्वाचित हुनु भएको छ ।

महासचिवमा पत्रकार करन ताम्राकार, सचिवमा चिन्ता परिवार, राजेश कुमार पासवान, सुनिता नेपाली र बसन्त विश्वकर्मा हुनुहुन्छ ।

महाधिवेशनले कोषाध्यक्ष सञ्जय सौगात रहेका छन् ।

त्यसैगरी सदस्यमा खप्तडटिभीका सम्पादक गणेश बिक, हिरा परियार , कर्णबहादुर बिक,कुशल दलामी,अमिर रामदाम,मनिस बिक,अम्बिका परियार , अर्चना परियार , सुवास राम, मिना बिश्वकर्मा, राजेश सुनाम, प्रकाश परियार, सञ्जु देवी परियार, पिवि दियाली रहेका छन् ।

दलित समुदायका पत्रकारको अधिकार सुनिश्चि गर्दै जातीय भेदभाव तथा छुवाछूत अन्त्य र सामाजिक समावेशीकरणका लागि मिडियाको माध्यमबाट सामुहिक तथा संगठित पहल र पैरवी गर्ने उद्देश्यले २०७६ मा संघको स्थापना भएको ननिर्वाचत अध्यक्ष बराइलीले जानकारी दिनुभयो ।

संघमा देशभरका झण्डै पन्ध्र सय दलित समुदायका पत्रकार क्रियाशील छन् ।