ठगी र मानव बेचबिखनजस्ता गम्भीर मुद्दाकी कारागारबाट फरार भएकी भिमा शाहलाई जिल्ला परिसर काठमाडौंले पक्राउ गरेको छ ।
जेन्जी आन्दोलनकाे बेला महिला कारागारबाट फरार भएकी शाहलाई टोखा नगरपालिका वडा नम्बर १० गोंगबुबाट पक्राउ गरेको प्रहरीको विशेष स्राेतले जनअदालतलाई जानकारी दिएको हाे ।
भिमा शाहकाे जाजरकोट स्थायी घर भई हाल काठमाडौंको टोखा–१०, गोंगबुमा बसोबास गर्दै आएकी छन्।
३१ वर्षीया शाहले सामाजिक सञ्जालमा “Sangita Shah” नामको फेसबुक र “@sangitashah206” नामको टिकटक आईडी प्रयोग गर्ने गरेको छ।
जेन्जी आन्दोलनकाे बेला कारागारबाट फरार कैदीबन्दी रहेको खुलेको छ।
प्रहरीको CRS (Crime Record System) अभिलेखअनुसार शाहविरुद्ध २०७६ र २०७७ सालमा ठगी सम्बन्धी दुईवटा तथा मानव बेचबिखन कसुरमा एउटा मुद्दा दर्ता भएको देखिएको छ।
पारिवारिक विवरणअनुसार उनका बुबा रमेश जंग शाह, बाजे राम विक्रम शाह तथा आमा बिर्मी शाह हुन्। उनका श्रीमान् शान्ता बहादुर राउत हाल वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका छन्।
साथै सुष्मिता गिरी नामकी महिलासँग उनको निकट सम्बन्ध रहेको छ।


























